जलवायु परिवर्तन: विश्व सम्मेलनमा नेपालका मुद्दा के

बिबिसी

काठमाडौँ

जलवायु परिवर्तानसँग सम्बन्धित ठानिएका एकपछि अर्को अप्रत्यासित विपद सामना गर्न वाध्य भएको नेपालले अढाइ महिनापछि ब्रिटेनमा हुन लागेको जलवायु सम्मेलनमा अनुकूलनले मात्र अब नधान्ने भएकाले गरिब मुलुकहरूलाई परेका हानि नोक्सानीबारे पनि छलफल हुनुपर्ने बताएको छ।

जलवायु परिवर्तनका कारण उत्पन्न परिस्थितिहरूसँग अब अनुकूलनले मात्र नथेग्ने स्तरका क्षतिहरू हुन थालेका र तिनको निराकरण गर्ने क्षमता र स्रोत आफूहरूसँग नभएको नेपाली अधिकारीहरूले बताएका छन्।

गएको हिउँदमा नेपालले दशकौँ यताकै सबभन्दा भिषण मानिएको डढेलो बेहोर्‍यो। कैयन् दिनसम्म राजधानी काठमाण्डू सहित देशका कतिपय स्थानहरूमा घामै छोपिनेगरि लगातार हानिकारक धुँवाको तुवाँलो लाग्यो।

असारमा बर्खा सुरु हुनासाथ सिन्धुपाल्चोकमा भयानक लेदो सहितको बाढी आयो र त्यसमा दुई दर्जन मानिसहरूको ज्यान गएको अनुमान गरिएको छ।

प्रकाशित मिति: : 2021-08-20 19:46:00

प्रतिकृया दिनुहोस्