नेपालगन्जमा तरक्की गरेकी कस्मिरा

कुनैदिन पाँच रुपैयाँ पाउन पेटीकोट सिलाउँथिन्, अहिले दैनिक दुई लाख बढीको पोशाक तयार पार्छिन्, ६० जनालाई रोजगारी

सेतोपाटी

नेपालगञ्ज

नागरिकतामा उनको नाम कालीमिया कस्मिरा खातुन छ। तर, उनलाई सबैले कस्मिरा खातुनको नामले चिन्छन्। कस्मिराको जन्मघर अर्घाखाँचीको पाली भन्ने ठाउँमा हो।

बाबु आमाले कस्मिरा १४ वर्षको छँदा बिहे गरिदिए। जतिखेर उनी कक्षा ८ मा पढ्थिन। यो २०५२ सालको कुरा हो। श्रीमान संशोदिन मियाको उमेर झन्डै दोब्बर बढी थियो। बिहेपछि कस्मिरालाई उनका श्रीमानले अर्घाखाँचीबाट दैलेख लगेर गए।

दैलेखमा उनको कस्मेटिक पसल थियो। त्यही बेला हो, कस्मिराले जीवनमै पहिलो पटक बस देखेको। उनीहरू कपिलबस्तुबाट धनगढी जाने बस चढे।  बस  दाङको लमही बजारमा पुगेर रोकियो।

कस्मिरालाई  श्रीमानले के खान्छौ? भनेर सोधे। त्यतिखेर उनले चकलेट किन्न पठाएको स्मरण गरिन।

प्रकाशित मिति: : 2021-08-22 12:05:00

प्रतिकृया दिनुहोस्