चिकित्सातर्फ एमबीबीएस र बीडीएसका बढी शुल्क फिर्ता गर्न कलेजहरुलाई महालेखाको निर्देशन

फाइल तस्वीर
फाइल तस्वीर

महालेखापरीक्षकको कार्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस तहका विद्यार्थीसँग मेडिकल कलेजहरुले लिएको बढी शुल्क फिर्ता गर्न निर्देशन दिएको छ। महालेखा परीक्षणको शुक्रबार सार्वजनिक ५८ औँ वार्षिक प्रतिवेदनमा यस्तो निर्देशन दिइएको हो।

मन्त्रिपरिषद्को २०७२ साल ३१ भदौको निर्णयअनुसार चिकित्सातर्फ एमबीबीएस अध्ययनका लागि काठमाडौँ उपत्यकाभित्र प्रतिविद्यार्थी शुल्क ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४० लाख ४२ हजार रुपैयाँ तोकिएको छ। बीडीएसतर्फ १८ लाख ३० हजार शुल्क तोकिएको छ।

एमबीबीएस अध्ययनका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क असुल गरेका कलेजहरुसँग सरकारले बढी शुल्क फिर्ता गराउनुपर्ने गत वर्ष महालेखाले औँल्याए पनि हालसम्म बढी शुल्क फिर्ता नगरेको पनि प्रतिवेदनमा उल्लेख छ।

बढी शुल्क असुल्ने कलेजहरूलाई आवश्यक कारबाही गरी बढी शुल्क विद्यार्थीलाई नै फिर्ता गर्न निर्देशन दिएको हो।

प्रकाशित मिति: : 2021-08-22 15:52:00

प्रतिकृया दिनुहोस्