काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ।
मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
बैठकले पुरानै आदेशलाई निरन्तरता दिँदै निषेधाज्ञा थप गर्ने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
उनका अनुसार राति ८ बजेपछि निजी तथा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ।
थप गरिएको निषेधाज्ञामा भौतिक दूरी र मास्क नलगाई हिँड्नेलाई कडाई गरिने भएको छ। २५ जनाभन्दा बढी भेला हुन नपाउने, सभा, सम्मेलन, सेमिनारमा रोक लगाइएको छ।
पछिल्लोपटक थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ।