अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यू-१९ पुरुष क्रिकेट विश्वकपको एसिया छनोट रद्द गरेको छ। आईसीसीले कोरोना महामारीको कारण एसिया छनोट रद्द गरिएको जनाएको छ।
एसिया छनोट रद्द भएसँगै एसियाबाट युएई विश्वकपका लागि छनोट भएको छ। छनोट रद्द भएसँगै नेपालको यू-१९ विश्वकप खेल्ने सपना सकिएको छ।
यस्तै आईसीसीले अमेरिका र इस्ट एसिया प्यासाफिकको छनोट समेत रद्द भएको जनाएको छ। अमेरिका क्षेत्रबाट क्यानडा र इस्ट एसियाबाट पपुवा न्युगिनी विश्वकपका लागि छनोट भएका छन्। युरोप र अफ्रिका क्षेत्रको छनोट भने आयोजना हुनेछ।