जडीबुटी र औषधिजन्य फूलले धपक्कै छ खप्तड

गोरखापत्र

काठमाडौं

सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको छ । फराकिला पाटनहरुमा फूलेको औषधिजन्य फूलले खप्तड क्षेत्र धपक्कै बलेको छ । डोटी, अछाम, बाजुरा र बझाङ्ग जिल्लाको सँगमस्थलको रुपमा रहेको खप्तड क्षेत्रमा वर्षायाममा फुल्ने फूलहरु चारैतिर ढकमक्क देखिन्छन् । 

खप्तड राष्ट्रिय निकुञ्जको क्षेत्रफल २२५ वर्ग कि.मी. रहेको छ । समुद्र सतहबाट तीन हजार पाँच सय मिटर सम्म उचाईमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज भित्र ५६७ थरिका वनस्पतीहरु पाइन्छन् । खप्तडलाई २२ पाटन, ५२ झोती (थुम्का)को संगमस्थलका रुपमा पनि लिने गरिन्छ ।

खप्तड पुग्न यात्रा केही कठिन भए पनि खप्तडको सुन्दरताले बाटोको थकान मेटाउँछ । हिउँदमा हिउँले पुरिने खप्तड वर्षायाममा सयौं प्रकारका फुलै फूलहरुको बगैचा झै देखिन्छ । विभिन्न किसिमका चराहरूको चिरबिरले वातावरणलाई अरू मनमोहक बनाएको हुन्छ ।
कसरी जाने खप्तड ?

प्रकाशित मिति: : 2021-08-27 06:47:00

प्रतिकृया दिनुहोस्