विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाईटेडमै फर्किने भएका छन्।
युनाईटेडले रोनाल्डोलाई आफ्नो क्लबमै फर्काउने विषयमा युभेन्ट्ससँग सहमति गरेको जनाइएको छ।
युनाईटेडले रोनाल्डोसंग दुई वर्षको सम्झौता गर्दै पुनः क्लबमै फर्काउन लागेको हो। बिहिबार मेडिकल गरेपछि उनी युभेन्ट्स छाड्ने पक्का भएको थियो।
रोनाल्डोले युनाईटेडमा ६ सिजन बिताइसकेका छन्। उनले युनाईटेडलाई फिफा क्लब विश्वकपदेखि कम्युनिटी सिल्ड समेत जिताएका छन्।