एभरेष्ट प्रिमियर लिग (इपिएल) को विजेताले पाउने पुरस्कार राशिमा वृद्धि भएको छ। मंगलबार आयोजकले विज्ञप्तिमार्फत पुरस्कार राशि वृद्धि गरेको जानकारी गराएको हो।
९ असोजबाट सुरु हुने प्रतियोगिताको विजेताले पाउने पुरस्कार बढाएर ५० लाख रुपैयाँ पुर्याइएको छ। यस्तै, उपविजेताले १५ लाख रुपैयाँ पाउने छन्। नेपाली क्रिकेटमा कुनै पनि प्रतियोगिताको विजेताले पाउने यो अहिलेसम्मकै ठूलो राशि हो।
यो प्रतियोगिताका लागि विभिन्न टिमले खेलाडी अनुबन्धको क्रम बढाएका छन्। चितवन टाइगर्सले बुधबार टिमको घोषणा गर्ने भएको छ।
प्रतियोगिता ९ देखि २३ असोजसम्म काठमाडौंमा आयोजना हुनेछ। जसमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ। विराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रीओटस, पोखरा राइनोज यस प्रतियोगिता खेल्नेछन्।