झलनाथ खनालकाे स्वास्थ्यलाभकाे कामना गर्न प्रचण्ड पुगे डल्लु

फाेटाे : प्रचण्डको सचिवालय।
फाेटाे : प्रचण्डको सचिवालय।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा देखिएका झलनाथ खनाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' उनकै निवास पुगेका छन्।

भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेर सोमबार स्वदेश फर्किएका नेता खनाल यतिबेला आफ्नै घरमा आराम गरिरहेका छन्। यहीबीच उनलाई भेट्न प्रचण्ड डल्लुस्थित खनालकै निवासमा पुगेका हुन्।

भेटवार्तामा प्रचण्डले नेता खनालको लागि यथाशिघ्र स्वास्थ्य सुधारको कामना गरेका थिए। त्यस्तै नेता खनालले पनि आफ्नो उपचारमा सहयोग गरेको भन्दै प्रचण्डलाई धन्यवाद दिएका थिए।

भेटमा उनीहरुबीच मन्त्रिपरिषदलाई कसरी पूर्णता दिने भन्नेबारे छलफल भएको थियो। साथै, छलफलमा प्रचण्डले नेता खनाललाई कम्युनिष्ट आन्दोलन बलियो बनाउँन पार्टी एकताको प्रस्ताव गरेको खनालको सचिवालयले जनाएको छ।

खनालले पनि मन्त्रिपरिषदलाई पूर्णता दिएपछि दुवै पार्टीका शीर्ष नेताहरु बसेर पार्टी एकताको लागि औपचारिक छलफल गर्नुपर्ने जवाफ दिएका छन्। 

प्रकाशित मिति: : 2021-09-01 10:19:00

प्रतिकृया दिनुहोस्