अमेरिकाले 'उपहारस्वरुप' तालिबानलाई छाडे नयाँ हतियार, चलाउन नजान्दा तालिबान लडाकू हैरान (के– कति छाडे ?)

GETTY IMAGES
GETTY IMAGES

अमेरिकी गठबन्धनकाे सुरक्षा फाैजले अफगानिस्तानमा छाडेर जाँदैगर्दा तालिबानले जाेरजाम गरेका आधुनिक हतियार थ्रुपै छन्। अमेरिकी नेतृत्वको नेटाे सेनाले प्रयाेग गरेका नयाँ अत्याधुनिक बन्दूक र वारुद एक–दुई सयकाे संख्यामा मात्रै सीमित छैनन्। यो हजारौँ संख्या र करोडौँ मूल्यका हुने छन् । 

तालिबानसँग अब ‘ब्ल्याक हक’ हेलिकप्टरसहित सैन्य विमानहरूसमेत रहेकाे अमेरिकी तल्लो–सदनको श्रोत र सुरक्षा अधिकारीहरूद्वारा उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख छ। उक्त युद्ध सामग्री अमेरिकी सैनिकले हतार–हतारमा अफगानिस्तानमै 'उपहार' छाडी फर्केका हुन्।

सवारी–साधनदेखि युद्धक–विमानसम्म

तालिबानसँग भिड्न अफगानी सेनालाई सन् २००३ देखि २०१६ को बीचमा अमेरिकाले ७५,८९८ सवारी–साधन र २०८ वटा युद्धक–विमानहरू दिएकाे अमेरिकास्थित अफगान मामिला विभागकाे कार्यालयमार्फत् प्रकाशित एक रिपोर्टले जनाएकाे छ। 

अमेरिकाद्वारा अफगानिस्तानलाई दिएको सैन्य सवारीको संख्याहरू

काबुल कब्जापछि तालिबान जिहादीहरूले कयाैँ ‘ब्ल्याक हक’ हेलिकप्टरसहित ए-२९ टुकानो सैन्य विमानसमेत आफ्नाे नियन्त्रणमा लिएका छन्। एउटा ‘ब्ल्याक हक’ हेलिकप्टरकाे मूल्य दुई करोड़ १० लाख अमेरिकी डलरभन्दा बढ़ी पर्दछ।

अमेरिकाद्वारा अफ़गान सेनालाई दिएकाे सैन्य विमानहरू

हतियार, सञ्चार सामग्री र ‘नाइट भिजन’ चस्माहरू:

विभागको प्रतिवेदन अनुसार, अमेरिकाले अफगानिस्तानलाई कम्तिमा छ लाख एम-१६ सहितका जमिनी हतियार, १ लाख ६२ हजार सञ्चार सामग्री र १६ हजार ‘नाइट भिजन’ चस्माहरू काबुलमै छाडेकाे छ। जसकाे पहिलाे प्रयाेग मंगलबारदेखि विमानस्थलमा तैनाथ तालिबान लडाकूहरूले गरिरहेका छन्।

अमेरिकी सेनाले प्रयाेग गर्ने 'हाऊईटजर' भनिने तोप एउटैलाई ५ लाख अमेरिकी डलरसम्म मूल्य पर्दछ। यसको मोडलअनुसार मूल्य दुई लाख डलरदेखि सुरू हुन्छ। महङ्गा मोडलहरूमा जी.पी.एस.द्वारा गोलीको दिशानिर्देश गर्न सकिन्छ। 

अमेरिकाले अफ़गान सेनालाई दिएका महत्वपूर्ण हतियारहरू

एम-१६ राइफललाई साढे सात सय अमेरिकी डलरसम्म पर्छ तर ग्रिनेड लञ्चरसहित यसको मूल्य १२ हजार डलरसम्म पर्न जान्छ। 

नाइट भिजनलाई ३५ हजार अमेरिकी डलरसम्म पर्छ तर प्रायः त्यस्ता स्कोपहरू पाँच देखि १० हजारसम्म पनि पाइन्छन्। 

अमेरिकी सेनाले १६ हजार 'नाइट भिजन' चस्माहरू अमेरिकी मूल्य आठ लाखभन्दा ज्यादा छ। चस्मासँगै रातिमा पनि सफा दृश्य देख्नका लागि सघाउने उपकरणहरूलाई भने एउटाको ११ हजार अमेरिकी डलर हाराहारी पर्छ। अझै उच्च गुणस्तरीयलाई ६६ हजारसम्म पर्ने बताइन्छ।

निगरानी बलूनहरू

एउटा एरो-स्टाट निगरानी बलूनलाई ८९ लाख अमेरिकी डलर बराबर पर्दछ। ‘स्क्यान ईगल’ नामक ड्रोनलाई १४ लाख भन्दामाथि मूल्य पर्ने बताइएकाे छ।

रेडियो उपकरणहरू

तालिबानकाे हातमा पुगेका रेडियो उपकरणहरू एकदमै खर्चिला छन्। वुल्फ़हाउन्ड रेडियो सिस्टः जाे एउटैलाई आठ लाख ७४ हजारभन्दा बढी मूल्य पर्छ।  रेडियो रिसिभरहरूलाईदुई लाख १० हजार छ सय ५१ अमेरिकी डलरसम्म पर्छ । रेडियो सेटहरूलाई ६१ हजार नो सय ६६ र सिग्नल एम्प्लिफायरहरूलाई २८ हजार एक सय ६५ डलर पर्छ। साथै रिपिटर सेटहरुको २८ हजार पाँच सय २७ र 'फ्रिक्वेन्सी मोडुलेसन' सेटहरू एउटाको १८ हजार नाै सय आठ डलर पर्छ। 

अफगानी तालिबानले यति धेरै उपकरण जम्मा गरे पनि हालसम्म ऊसँग उपकरण प्रयोग गर्ने विज्ञता नभएको जानकारहरू बताउँछन्। अगस्त महिनाको सुरूतिर तालिबान लड़ाकूहरूले कब्जा गरेको ब्ल्याक हक हेलिकप्टर उडाउन रहर गरे पनि सकेनन् किनकि उनीहरूसँग दक्ष जनशक्ति छैन।

अमेरिकाद्वारा अफगानिस्तानमा बित्त पोषित अनुसन्धान, निरीक्षण, निगरानी र अवलोकनका उपकरणहरू 

विमानस्थलमा उडाउन प्रयास गरिएकाे जुन भिडियाे सामाजिक सञ्जालमासमेत मजाक बनिरहेकाे छ। धेरैले त ‘चालक’लाई मूर्खको संज्ञा दिँदै व्यङ्ग्य गरिएकाे छ।

अमेरिकाले अफगानिस्तानमा छाडेको हतियार र बहुमूल्य प्राविधि सामग्रीहरू नचालिकनै थोत्रो हुनसक्नेप्रति चिन्तासमेत व्यक्त गरिएकाे छ। 

प्रकाशित मिति: : 2021-09-01 15:06:00

प्रतिकृया दिनुहोस्