सत्तामा टिक्न विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी प्रवृत्तिले मुलुकको हित गर्दैन: कमल थापा 

File photo
File photo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तामा पुग्न र टिक्न विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी मानसिकता र प्रवृत्तिले मुकुकको हित नगर्ने बताएका छन्।

मकवानपुरको बकैया गाउँपालिका-३ हात्तिसुढेमा बिहीबार पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष थापाले भारतीय सुरक्षाकर्मीले तुईनको डोरी काटिदिएको घटना समेत बंग्याउन वाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउछ भन्ने आशा गर्न नसकिने बताएका छन्। 

‘धर्म, संस्कृती र पहिचान समाप्त पारेर समृद्धिको चाहना सम्भब हुँदैन’, थापाले भने, ‘राष्ट्रियता, स्वाधिनता सङ्गै धर्म, सस्कृती पहिचान जोगाउन नेपाली जनता एकजुट हुनुपर्छ।’

लोभ, लालच र भ्रमको राजनीति टिकाउ नहुने भन्दै थापाले कुप्रचार र षड्यन्त्र चिरेर उच्च मनोबल सहित स्थानीय तहको निर्बाचनको तयारी सहित अगाडि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिए।

कार्यक्रममा राप्रपाका नेताहरु राजाराम बर्तौला, गुरु प्रसाद सापकोटा, सागर थापा, बद्री कुँवर, दामोदर वाग्ले,  प्रेमलाल श्रेष्ठ, अर्जुन तिमल्सिना, भरत लामिछाने, राजाराम अर्याल, भृगु कार्की लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2021-09-02 20:46:00

प्रतिकृया दिनुहोस्