इलाममा सुहाङले कटाए १० हजार मत, घण्टीको मत बढ्नै सकेन

इलाममा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवार भएका सुहाङ नेम्वाङले १० हजार मत कटाएका छन्। बिहान १० बजेको मतपरिणामअनुसार नेम्वाङले १० हजार ३ मत प्राप्त गर्दै लिड गरेका छन्। 

उनलाई काँग्रेसका उम्मेदवार डम्बर खड्काले ६ हजार ९ सय ४४ मत प्राप्त गर्दै पछ्याइरहेका छन्। नेम्वाङ र खड्काको मतान्तर ३ हजार ५९ रहेको छ। 

इलाम २ मा घण्टी चिन्हसहित राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले भने मत बढाउनै सकेका छैनन्। उनको हालसम्म १ हजार ४ सय ४३ रहेको छ। 

स्वतन्त्र उम्मेदवार डेकेन्द्रसि‌ंह थेगिमको भने ५ हजार ५ सय ९१ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। इलाम २मा १९ जना उम्मेदवार प्रतिष्पर्धामा छन्। 

प्रकाशित मिति: : 2024-04-29 10:18:00

प्रतिकृया दिनुहोस्