एमसीसी पारित गर्न दिन्नौं : महासचिव भट्ट

तस्बिर : न्युज कारखाना
तस्बिर : न्युज कारखाना

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले ०६२/०६३ को आन्दोलबाट संस्थागत भएको गणनत्त्र र धर्मनिरपेक्षता बचाउन पाँचदलीय गठबन्धन गरिएको बताएका छन्।

एमाले अध्यक्ष केपी ओलीले गणनत्त्र र धर्मनिपेक्षतालाई कमजोर बनाउने काम गरेपछि जनमोर्चाले नेपाली कांग्रेसको नेतृत्वमा गठित गठबन्धनलाई साथ दिएको उनले बताए।

‘गठबन्धनभित्रै कतिपय कुरामा हाम्रो विमति छ,’ भट्टले भने, ‘तर गणतन्त्र र धर्मनिरपेक्षेता बचाउनुपर्छ भन्ने सवैको साझा धारणा छ, त्यसलाई आधार मानेर हामीले सरकारलाई समर्थन गरेका छौं।’ दुई–दुईपटक संसद् विघटन गरेर एमाले अध्यक्ष ओलीले देशलाई अस्थिरतातर्फ लैजान खोजेपछि बाध्य भएर कांग्रेससँग सहकार्य गरिएको उनले बताए।

महासचिव भट्टले देउवा नेतृत्वको सरकारले एमसीसी पारित गर्न नसक्ने दाबी गरे। ‘एमसीसीका सवालमा माओवादी, नेकपा एस, जसपा र हाम्रो पार्टीको असहमति छ,’ उनले भने, ‘यस्तो अवस्थामा यो सरकारले एमसीसी पास गराउन सक्दैन।’ अहिले संशोधनसहित एमसीसी पास गराउनुपर्ने भन्ने आवाज आए पनि अमेरिकाले संशोधन गरेर एमसीसी पास गराउन नदिने उनले दाबी गरे।

प्रकाशित मिति: : 2021-09-03 12:28:00

प्रतिकृया दिनुहोस्