मुगुका तीन स्थानीय तहमा खुले विद्यालय

तस्बिर : न्युज कारखाना
तस्बिर : न्युज कारखाना

मुगुम कार्मारोङ्ग गाउँपालिकामा निजी तथा सामुदायिक विद्यालयमा नियमित रुपमा पठनपाठन सुरु भएको छ।

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालय पुनस् सञ्चालनमा आउन थालेका छन्। जिल्लाको कार्मारोङ्गमा गाउँपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका विद्यालय लामो समयपछि पुनस् सञ्चालनमा आउन थालेका हुन्।

गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या शून्य रहेको र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ सामाजिक दूरी कायम राख्दै विद्यालय सञ्चालनमा ल्याइएको मुगुम कार्मारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए।

विद्यालय खुलेपछि सावधानीपूर्वक विद्यार्थीलाई पठनपाठन सुरु गरेका र विद्यालयमा मास्क, स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षा अपनाएको बुद्ध माध्यमिक विद्यालय मांग्रीका प्रधानाध्यापक टिकाप्रसाद उपाध्यायले  जानकारी दिए।

कोरोना जोखिम कम भएपछि भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेका जनाइएको छ। लामो समयदेखि विद्यालय बन्द भएकाले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पुनः पठनपाठन गरिएको गाउँपालिकाले जनाएको छ।  

प्रकाशित मिति: : 2021-09-03 13:57:00

प्रतिकृया दिनुहोस्