कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको चन्द्रागिरि केबलकार शनिबारदेखि सञ्चालनमा आउने भएको छ।
चन्द्रागिरि हिल्स प्रालिले भदौ १९ गते शनिबारदेखि नियमित चन्द्रागिरि केबलकार सञ्चालन गर्ने हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहाले जानकारी दिएका छन्।
कोभिड–१९ को कारणले बन्द भएका रेष्टुरेन्टलगायतका सेवा पनि शनिबारदेखि नै स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सन्चालन हुने शाहाले बताए।
केवलकारमा यात्रा गर्ने यात्रु तथा पर्यटकहरूलाई कम्पनीले स्वास्थ सुरक्षाका नियम अनिवार्य पालना गरिदिनसमेत अनुरोध गरेको छ। पाैराणिक महत्त्व बाेकेकाे भालेश्वर मन्दिर दर्शन गर्न भारतलगायत देशहरूबाट समेत चन्द्रागिरि पुग्ने गरेका छन्।
कम्पनीका महाप्रबन्धक शाहाका अनुसार चन्द्रागिरि हिल्समा जिप लाईनसमेत शुभारम्भ हुने भएकाे छ।