वामदेव गाैतमले छाडे एमाले, माधव नेपालसँग जाँदै (राजीनामा पत्रसहित)

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन्।

उनले शुक्रबार साँझ थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन्। उनले बुझाएकाे राजीनामा पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बाेधन गरेका छन्।

त्यसाे त यसअघि पनि ०५४ साल फागुन २१ गते एमाले फुटाएर नेकपा (माले) छुट्टै दल बनाएका नेता गाैतम ०५८ सालदेखि पुन एमालेमै फर्किएका थिए।

पछिल्लाे समय एमाले विभाजित भएपछि उनी अब माधव नेपालकाे पार्टी नेकपा (एकीकृत समाजवादी)मा जाने स्राेतले बताएकाे छ। उनले नेकपा (एस)मा जान पनि शर्तहरू अघि सारेका छन्।

 

प्रकाशित मिति: : 2021-09-03 18:50:00

प्रतिकृया दिनुहोस्