न्युजिल्यान्डमाथि बंगलादेशको जित

Photo : Newskarkhana
Photo : Newskarkhana

न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशले चार रनको रोमाञ्चक विजय हासिल गरेको छ। घरेलु मैदान मिरपुरस्थित शेरे बंगला नेशनल रंगशालामा बंगलादेशले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो।

बंगलादेशले ६ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो। १ सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ३७ रनमात्र बनाउन सक्यो।

बंगलादेशका मोहमुदुल्लाहबाहेक ओपनर मोहम्मद नाइमले उच्च स्कोर ३९ बनाए। यस्तै, लिटोन दासले ३३, विकेटकिपर नारुल हसनले १३ र साकिब अल हसनले १२ रन बनाए।

न्युजिल्यान्डका रचिन रविन्द्रले तीन विकेट लिँदा अजिज पटेल, कोले म्याककोन्ची र हमिश बेन्नेटको नाममा एक-एक विकेट रह्यो।

न्युजिल्यान्डका कप्तान टम लाथमले अविजित ६५ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। विल योङले २२, म्याककोन्चीले अविजित १५ र रविन्द्रले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बंगलादेशका मेहदी हसन र साकिवले समान दुई विकेट लिए। नासुम अहमदले एक विकेट लिए। याेसँगै ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा बंगलादेशले २-० को अग्रता लिएको छ।

प्रकाशित मिति: : 2021-09-04 07:19:00

प्रतिकृया दिनुहोस्