फुटबल हेर्न एमाले अध्यक्ष ओली र गृहमन्त्री खाँण दशरथ रंगशालामा

तस्बिर : न्युज कारखाना
तस्बिर : न्युज कारखाना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँण नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला पुगेका छन्।

खेलाडीको हौसला बढाउन अध्यक्ष ओली रंगशाला पुगेको उनको सचिवालयले जनाएको छ। सरकारको प्रतिनिधित्व गर्दै गृहमन्त्री खाँण खेल हेर्न मैदान खाँण पुगेका हुन्।

नेपाल र भारतको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ शून्य गोलको बराबरीमा सकिएको छ। यसअघि शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल १(१ को बराबरीमा सकिएको थियो।

प्रकाशित मिति: : 2021-09-05 18:17:00

प्रतिकृया दिनुहोस्