बिदा भए प्रधानसेनापति पूर्णचन्द्र थापा

File photo
File photo

सैनिक मुख्यालय जङ्गी अड्डाद्वारा प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्मानमा एक कार्यक्रमकाे आयोजना गरी बिदाइ गरिएकाे छ।

कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले महारथीको तीनवर्षे कार्यकाल पूरा गरी अवकाश भएका थापाको सम्मानमा बिदाइ कार्यक्रम गरेका हुन्।

बलियो कमाण्ड क्षमता र प्रखर वक्ताकारूपमा परिचित प्रधानसेनापति थापा ४१ वर्ष आठ महिना २२ दिनको सैनिक जीवन व्यतित गरी यही भदौ २४ गतेदेखि अवकाश प्राप्त गर्दैछन्। समारोहमा प्रधानसेनापति थापाले कायममुकायम प्रधानसेनापति शर्मालाई नेपाली सेना र प्रधानसेनापतिको  झण्डा एवं छडी हस्तान्तरण गरे।

नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सवल, सक्षम र सुदृढ सङ्गठनकारूपमा विकास गर्दै लैजाने सन्दर्भमा उहाँको दीर्घकालीन सोच, कार्ययोजना र दृढता केही हदसम्म सफल भएको छ।

उनले निष्ठा, नैतिकता र सदाचारको बलियो जगमा सङ्गठनलाई उभ्याउन सामूहिक प्रयास र योगदान हुनुपर्छ भन्नेमा दृढ महारथी थापाले वैयक्तिक सुख–सुविधा, स्वास्थ्य र सुरक्षालाई बिर्सेर सीमानाका, प्रवेश बिन्दु र कोरोना नियन्त्रण प्रतिकार्यका विभिन्न मोर्चामा रही परिणाम देखिने गरी कार्य गर्न सकलदर्जालाई पटकपटक निर्देशन दिएका थिए। 

प्रकाशित मिति: : 2021-09-05 21:41:00

प्रतिकृया दिनुहोस्