स्याङ्जामा गोरु काटेको आरोपमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्याङ्जाको भिरकोट नगरपालिका–८ ढापुकफेदी बस्ने नैन सिंह गुरुङ, हुम प्रसाद गुरुङ र खेम गुरुङ रहेका छन्।
उनीहरुलाई सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले पक्राउ गरेको हो।
गएराती १ बजेको समयमा गोरु काटेर भागबण्डा लगाउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। आरोपीहरुमाथि पशुपन्छी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।