अफगानिस्तानका अल राउण्डर ओमार्जाइले इपिएल खेल्ने

अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर अज्मतुल्लाह ओमार्जाइले एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन्। सोमबार ललितपुर प्याट्रीओटसले अल अलराउण्डर ओमार्जाइ क्लबमा अनुबन्ध भएको जनाएको छ।

९ असोजबाट सुरु हुने प्रतियोगिताको विजेताले पाउने पुरस्कार बढाएर ५० लाख रुपैयाँ पुर्‍याएको छ। यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउने छ। प्रतियोगिता नजिकिँदै गर्दा सहभागी क्लबले खेलाडी अनुबन्धको क्रम बढाएका छन्। 

इपिएल ९-२३ असोजमा काठमाडौंस्थित कीर्तिपुर अन्तर्राष्ट्रिय मैदानमा आयोजना हुनेछ। जसमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ। विराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रीओटस, पोखरा राइनोजले खेल्नेछन्। 

प्रकाशित मिति: : 2021-09-06 14:06:00

प्रतिकृया दिनुहोस्