‘बुबालाई उपहार होइन माया दिऔं’

राजधानी दैनिक

काठमाडाैं

आफ्ना पुजनीय बुवालाई सम्मान र भक्ति प्रकट गर्दै मंगलबार बुबाको मुख हेर्ने दिन मनाइँदैछ। अन्धकार रुपी संसारमा ज्ञान एवं कर्मको दिब्य ज्योति प्रदान गरेर संसारमा अघि बढ्न सिकाउने गुरुका रुपमा रहेका पितालाई छोराछोरीहरुले मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडा लगायतका विभिन्न वस्तुहरु दिदै बुबाको सम्मान गर्ने गर्दछन्।

भाद्र कृष्ण औशी कुशे औशीका आफ्ना बाबुको सम्मान गरिने परम्परा छ। यो दिन बाबु हुनेहरुले आफ्ना बुबाको योगदानको कदर गर्दै सम्मान गर्ने गर्छन्। बुवालाई पिता , बाबा , तात, ड्याडी , पापा आदि शब्दले पनि चिनिन्छ।

यो दिनलाई अर्को शब्दमा पितृऔंसी, पितृदिवस, गोर्कण औंसी, कुशे औंशी आदि पनि भनिन्छ। आमापछिको द्धीतीय गुरुका रुपमा शास्त्रले बर्णन गरेको छ। महत्वपुर्ण धार्मीक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ। पितालाई संरक्षण गर्ने, रक्षा गर्ने र पालनपोषण गर्ने चरित्रका रुपमा शास्त्रमा उल्लेख छ।

औशीका दिन आफूलाई कर्म दिने बुवाको मुख हेर्न छोराछोरीहरू बुवा भएको ठाउँमा पुग्ने गरेका छन्। यसरी बुवालाई भेट्दा आफ्नो क्षमता अनुसार मिठाई , लड्डु , तथा विभिन्न खाद्यपदार्थ ख्वाउने चलन छ।

प्रकाशित मिति: : 2021-09-06 14:51:00

प्रतिकृया दिनुहोस्