असोज १ गतेदेखि काठमाडौंका विद्यालय खुल्ने 

फाइल तस्वीर
फाइल तस्वीर

असोज १ गतेदेखि उपत्यकामा भौतिक रुपमै कक्षा सञ्चालन हुने भएका छन्।

सोमबर काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रतिनिधिबीचको बैठकले यस्तो निर्णय गरेको हो।

यद्यपि स्थानीय तहहरूले एकल निर्णयबाट मात्रै विद्यालय खोल्न नपाउने भनिएको छ। छलफलमा विद्यालय खोल्नुपूर्व स्थानीय तहहरूले त्यहाँका अभिभावकहरूसँग पनि छलफल गर्नुपर्ने निर्णय गरिएको छ।

स्थानीय तहको अनुमतिमा स्वास्थ्य मापदण्ड पालना गरी शैक्षिक संस्था भौतिक रुपमा खोल्न सकिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

‘बैठकले स्थानीय तहहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर कोभिडको अवस्था मूल्यांकन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने भन्ने निर्णय गरेको  छ’, उनले भने।

प्रकाशित मिति: : 2021-09-06 21:51:00

प्रतिकृया दिनुहोस्