नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल(आईक्यान)ले बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल) लाई जेनेरल सेक्टर (अन्य) श्रेणीअन्तर्गत “बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२० अवार्ड”बाट सम्मानित गरेको छ।
उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक वर्ष २०७६/७७ को वार्षिक रिपोर्टको प्रस्तुतिमा उत्कृष्टताका लागी यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो। बोटलर्स नेपाल लिमिटेड (बीएनएल) लाई गतबर्षपनिआईसीएएनले त्यहीश्रेणीमा उप–विजेताको रुपमा पुरस्कृत गरेको थियो।
कर्पोरेट प्रशासन र अनुपालनबोटलर्स नेपाल (तराई) लिमिटेडको डीएनएमा आन्तरिक प्रक्रियाहरु र स्थापित पद्धतिको एक परिणामको रूपमास्थापित रहेका छन्। बोटलर्स नेपाल (तराई) लिमिटेडको विश्वास छ कि उपभोक्ताहरु, आपूर्तिकर्ताहरु, र शेयरधारकहरु सहितसबै सरोकारवालाहरु संग सम्बन्ध बनाई राख्नु निकै महत्वपूर्ण छ।
२०२० को लागीबीपीए अवार्ड कर्पोरेट प्रशासन र अनुपालन मापदण्ड दुबै बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडद्वारा लागू गरिएको प्रमाण हो।
भाद्र १३, २०७८मा आईसीएएनले आयोजना गरेको एक समारोहमा यो अवार्ड सम्मानित इन्स्टिट्युट अफचार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल(आई.सी.ए.एन) का अध्यक्ष सीए मदन शर्माले श्री राजीव टन्डन, कन्ट्री फाइनान्स म्यानेजर र श्री अशोक मण्डल, बोटलर्स नेपाल लिमिटेडका फाइनान्स कन्ट्रोलरलाई प्रदान गरेका छन्।
यस अवार्डका बारेमाबोल्दै बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशकप्रदीप पाण्डेले भने, “बोटलर्स नेपाल (तराई) लिमिटेड आईक्यानद्वारा सम्मानित हुन पाउँदा निकै गौरवान्वित भएका छौं । म सम्पूर्ण टीमप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु जसले हाम्रो पेय पदार्थलाई नेपालीहरुको दैनिकजीवनको एक अहम हिस्सा बनाउँदै सही ढंगले व्यापारको सञ्चालनगर्न लागी पर्नुभएको छ ।”