दुर्गेश थापा र भीटेन वाइसीएलमा भित्रिदै

गायक दुर्गेश थापा र र्‍यापर भीटेन माओवादी केन्द्र निकट युवा संगठन वाइसीएलमा भित्रिने भएका छन्l

चितवनमा वाइसीएलले आयोजना गरेको कार्यक्रममा यी दुईलाई भित्र्याउने तयारी भइरहेकाे जानकारी गराइएको हो l वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटाले गायकद्धय दुर्गेश थापा र भीटेनलाई संगठनमा भित्र्याउने तयारी भइरहेकाे जानकारी दिए। 

दुर्गेश र भिटेनजस्ता युवाहरूलाई संगठनमा ल्याएर अब्बल दस्ता निर्माण गर्ने उनको भनाई छ।

‘समाजका सबै युवाहरूलाई हामी वाइसीएलमा ल्याउँछौँ’, उनले भने, ‘एउटा राम्रो खेलाडी, राम्रो कलाकार, उत्कृष्ट विद्यार्थी वा समाजमा योगदान गरेका व्यक्तिलाई वाइसीएल बन्न लामो समय कुरेर क्रियशिल भइरहन जरुरी हुन्न।’

प्रकाशित मिति: : 2021-09-09 06:19:00

प्रतिकृया दिनुहोस्