त्रिवि परीक्षा: न भौतिक दूरी न स्वास्थ्य मापदण्ड पालना

नेपालन्यूज

राजु सिलवाल

त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आएको परिक्षामा भौतिक दुरी कायम त गरेको छैननै अझ स्वास्थ्य मापदण्ड पालना समेत गरेको पाइएको छैन। त्रिविले विधार्थीहरूको भौतिक उपस्थितिमा परिक्षा संचालन गरिरहे पनि संक्रमणको अवस्थालाई भने कुनै पनि ख्याल नगरेको पाइएको हो। 

परिक्षा हल भित्र प्रवेश गर्नु अघि तापक्रम नाप्ने र स्यानिटाइजरको व्यवस्था गरिनु पर्ने न्युनतम र अनिवार्य कुराको समेत राजधानीको कुनै पनि परिक्षा केन्द्रमा पालना गरिएको छैन। विषम परिस्थितिको बीच संचालन भइरहेको परिक्षा भए पनि परिक्षा केन्द्रको अवस्था हेर्दा समान्य अवस्था र अहिलेको परिक्षामा कुनै फरक नभएको विधार्थीहरू बताउछन्। परिक्षा छाडौ त्यो पनि नसकिने परिक्षा दिउ संक्रमित बनिएला भन्ने डरै डरको बीच परिक्षा दिनु परिरहेको विधार्थीहरू बताउछन्।

प्रकाशित मिति: : 2021-09-10 11:01:00

प्रतिकृया दिनुहोस्