रोल्पामा कांग्रेस अधिवेशन : ६६ वडामा सर्वसम्मत

File photo
File photo

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका ७२ वडा मध्ये ६६ मा सर्वसम्मत नेतृत्व चयन  भएका छन्। सर्वसम्मत हुन नसकेका छ  वडामध्ये चारमा नेतृत्व चयन गरिएको र एक वडामा आज नेतृत्व चयन गरिने जनाइएको छ।

'अधिवेशन  हुन नसकेका एक  वडामा आज अधिवेशन हुँदैछ', कांग्रेस रोल्पा जिल्ला सभापति अमरसिंह पुनले भने। रुन्टीगढी गाउँपालिका–८ को अधिवेशन हुनसकेको थिएन। 

जिल्लामा एक जना दलित र एक महिला वडा सभापतिमात्रै निर्वाचित भएका छन्। यसरी निर्वाचित हुने वडा  सभापतिमा सुनिल स्मृति गाउँपालिका–४ बाट हीरादेवी पुनमगर र सोही गाउँपालिका–७ बाट रेमलाल विक रहेको सभापति पुनले जानकारी दिए।

प्रकाशित मिति: : 2021-09-10 12:07:00

प्रतिकृया दिनुहोस्