लुम्बिनी विद्युत उद्योग प्रा.लि.ले आफ्ना उत्पादनहरुको प्रवर्धन एवं विस्तार गर्न नेपाली चलचित्रका महानायक राजेश हमाल तथा उनकी पत्नी मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेस्डर रुपमा नियुक्त गरेको छ।
आफ्नो नयाँ संरचनाको विकास गरी क्वालिटिमा नम्बर १ लिट्मस केवल ब्राण्डबाट आफ्नो विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको छ।
हालै २ वर्षका लागि नियुक्त भएसँगै कम्पनीले प्रबद्र्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा हमाल दम्पती उपस्थिति हुनेछन्।
लुम्बिनी विद्युत उद्योग प्रा.लि,सन् १९७७मा स्थापित नेपालको पहिलो Aluminium Conductor Steel Reinforced (ACSR) कन्डक्टर निर्माण कम्पनी हो। कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ।
चार दशकदेखि कम्पनीले विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आएको छ। यससँगै कम्पनीले आफ्नो उत्पादन ठूलो क्षेत्रलाई अझै फराकिलो पार्दै, नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको छ।
‘कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्द्रित भई क्वलिटीमा नम्बर १ रहनको लागि हालै advance जर्मन प्रविधियुक्त मेसिनहरुको प्रयोग समेत गर्दै आइरहेको र नेपालको सबैभन्दा ठूलो केबल निर्माता कम्पनी बन्न सफल भएको’ कुरा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले बताए।
‘ब्राण्ड एम्बेसडरमाहामीलाई नियुक्त हुनअगाडि हामीले कम्पनीका विभिन्न उत्पादन युनिटहरुको अवलोकन एवं जानकारी हासिल ग-यौँ। वास्तवमै यस्तो advance जर्मन प्रविधिको प्रयोग गरी यति ठूलो क्षेत्रफलमा विद्युत केबल उत्पादन गर्ने सम्भवत यो नै पहिलो नेपाली कम्पनी हो भनेर हामी विश्वस्त भयौं’, राजेश हमालले बताए।
अत्याधुनिक जर्मन प्रविधिको प्रयोग गरी कम्पनीले ओभरहेड कन्डक्टर– ACSR/ABC कभर्ड कन्डक्टर्स/पावर केबल/कन्ट्रोल्स केबल/मल्टिकोर फिक्जेबल केबल/डोमेस्टिक हाउस वाइरिङ्ग FRLS/Concentric/Flexible/Enamelled Winding Wires तथा Paper Insulated Winding Wires र Strips हरुको उत्पादनगर्दै आएको छ। कम्पनीका केबलहरुको प्रयोगले विद्युतबिललाई समेत घटाउने दावीकम्पनीले लिँदै आएको छ।
लुम्बिनी विद्युत उद्योग लि नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक, रमेश कर्पको भगिनी संस्थाका रुपमा रहदैं आएको छ। कम्पनी बुटवल औद्योगिक क्षेत्र, बुटवलमा अवस्थित छ।