थपिए ११४६ कोरोना संक्रमित, २१ जनाको मृत्यु

Symbolic photo
Symbolic photo

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन एक हजार १४६ जनामा देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १० हजार ९१६ जनाको कोरोना परीक्षण गर्दा एक हजार १४६ जनामा सङ्क्रमण देखिएको हो।

सक्रिय सङ्क्रमित २७ हजार ९५८ जना रहेका छन्। आज एक हजार ६६० जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन्। अहिलेसम्म सात लाख ३६ हजार ६६६ जना सङ्क्रमणमुक्त भई घर फर्किएका हुन्।

सङ्क्रमणबाट विगत २४ घण्टामा २१ जनाको ज्यान गएको छ। अहिलेसम्म १० हजार ९२४ जनाको सङ्क्रमणबाट ज्यान गएको छ। 

प्रकाशित मिति: : 2021-09-10 16:11:00

प्रतिकृया दिनुहोस्