सन्दीप एक्लैले ६ विकेट लिएपछि नेपाललाई सिरिज

Photo: Can
Photo: Can

युवा ब्याट्सम्यान रोहितकुमार पौडेल र बलर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले दोस्रो एकदिवसीय मैत्रीपूर्ण क्रिकेटमा पपुवा न्युगिनीलाई पराजित गरेको छ। 

ओमानको मस्कटमा २ सय ३४ को लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्युगिनी ८२ रनमा अल आउट भएको थियो।  २३४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियाे।

पपुवा न्युगिनीको लागि टोनी उराले १९ रन बनाए। यस्तै कार्लेस अमिनीले १६ रन बनाउँदा नोर्मन मानुआ १२ तथा सेसे बाउले ११ रन बनाए भने गाउदी टोकाले १० रन मात्रै बनाउन सके। 

नेपालका लेग स्पिनर सन्दीपले ६ विकेट लिए। ५ ओभर १ बल बलिङ गरेका सन्दीपले जम्मा ११ रन खर्चेर ६ विकेट लिएका हुन्। सोमपाल कामी, बिक्रम सोब र सुशन भारीले एक एक विकेट लिए। 

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३३  रन बनाएको हो। 

नेपालका युवा ब्याटस्म्यान रोहितले सर्वाधिक ८६ रन बनाए। १२३ बल खेलेका रोहितले ३ छक्का र २ चौको मद्धतमा ८६ रन बनाएका हुन्। कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाए। ७० बल खेलेका मल्लले २ छक्का र ३ चौका प्रहार गरेका थिए। 

करण केसीले ४२ रन बनाए। जम्मा २५ बल खेलेका करणले ४ छक्का र २ चौका प्रहार गरेका थिए। विकेट किपर बिनोद भण्डारीले १७ रन बनाए। ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेष ३/३ रन बनाएर आउट भएका थिए। 

पपुवा न्युगिनीका चाद सोपरले सर्वाधिक ३ विकेट लिए। ९ ओभर बलिङ गरेका चादले ४५ रन खर्चेर ३ विकेट लिएका हुन्। नोर्मन भानुआ र काबुआ मोरेआले समाना २/२ विकेट लिए। यस्तै कार्लेस अमिनीले १ विकेट लिए। 

यसअघि पहिलो एक दिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको थियो। नेपालका लागि सन्दीपले सर्वाधिक ४ विकेट लिएका थिए। रोहितले सर्वाधिक ४१ रन बनाएका थिए। 

प्रकाशित मिति: : 2021-09-11 06:44:00

प्रतिकृया दिनुहोस्