ब्यवसायी रुक्मशमशेर राणाको निधन

File Photo
File Photo

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव तथा व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ। डाबर नेपालको प्रबन्धक निर्देशक समेत रहेका राणाको काठमाडौंको बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको हो।

राणाको जन्म सन १९३६ मार्च १२ मा भएको थियो। उनी नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमसेरका छोरा हुन्। उनी सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत भएका थिए।

रुक्मशमशेर राणा राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौँ र तेह्रौँ सदस्यसचिव थिए। उनी दुई पटक सदस्यसचिव भएका थिए। उनले वि.सं. २०५० देखि वि.सं. २०५१ सम्म र वि.सं. २०५४ देखि वि.सं. २०५५ सम्म उक्त पदमा रहेर काम गरेका थिए।

८५ वर्षकाे उमेरमा निधन भएका राणाको आइतबार दाहसंस्कार गरिने पारिवारिक स्राेतले जनाएकाे छ। 

प्रकाशित मिति: : 2021-09-11 08:46:00

प्रतिकृया दिनुहोस्