पशुपतिमा जलारी : काठको काम गर्नेलाई सुन पिट्ने ठेक्का, सुन लुकाउन रातभरि काम

आयोमेल

शिव अधिकारी यदुवंशी

२०७७ सालको माघ १२ गते सोमबारको दिन पत्नीसहित पशुपतिमा पुजा गर्न गएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलारी राख्नका लागि राज्यकोषबाट ३० करोड दिने घोषणा गरे। अचानक ‘विशेष’ पुजा गर्न त्यहाँ पुगेका ओलीको त्यो घोषणापछि पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकाल सुनको जलारी राख्न निकै सक्रिय भए।

कोषले त्यसका लागि करिब १ अर्बको बजेट अनुमान गर्‌यो। यो जलारीका लागि सुरूमा करिब १०४ किलो सुन लाग्ने अनुमान गरिएको थियो।

तर पछि कोषले १०८ किलो सुन राष्ट्र बैंकबाट किन्यो।

पहेंलो धातुमा कालो मन, काठको काम गर्नेलाई सुन पिट्ने ठेक्का

प्रधानमन्त्री ओलीको आर्थिक सहयोग घोषणा र जलारी राख्न निर्देशन दिएपछि पशुपति विकास कोषका तत्कालीन सदस्यसचित ढकालले पशुपतिका लागि लगाइने त्यो सुनमा ‘पैसा’मात्रै देखे।

आयोमेलको एउटा अनुसन्धानमा उनले सुनसम्बन्धि कार्यअनुभव नै नभएको एउटा काठको काम गर्ने कम्पनीलाई सुन पिट्ने ठेक्का दिएको फेला परेको छ।

ढकालले खोजी-खोजी कुनै बेलाका आफ्नै मित्रको एक काष्ठकला उद्योग ‘न्यू मित्र उड कार्भिङ एण्ड फर्निचर’लाई करिब १ अर्बको सुनको पिट्ने जिम्मा दिए।

प्रकाशित मिति: : 2021-09-11 14:25:00

प्रतिकृया दिनुहोस्