इंग्लिस प्रिमियर लिग : लिड्सविरुद्ध लिभरपुरकाे सहज जित 

Photo : SBSsports
Photo : SBSsports

लिभरपुलले इंग्लिस प्रिमियर लिगमा घरेलु टोली लिड्स युनाइटेडविरुद्ध सहज जित निकालेको छ।

आइतबार रातिको खेलमा लिभरपुरले लिड्समाथि ३-० को सहज जित निकालेको हो।

एलाण्ड रोडमा भएको खेलमा लिभरपुरले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो। लिभरपुरको जितमा मोहम्मद सलाह, फाबिन्हो र साडियो मानेले एक/एक गोल गरे।

सलाहले खेलको २० मिनेटमा गोल गर्दै लिभरपुरलाई १-० को अग्रता दिलाए। ५० मिनेटमा फाबिन्होको गोलमा दोहोरो अग्रता रह्यो भने मानेले ९० मिनेट पछि थपिएको तीन मिनेटमा गोल गर्दै ३/० को सहज जित दिलाए।

जितसँगै लिभरपुर १० अंकसहित इंग्लिस प्रिमियर लिगमा तेस्रो स्थानमा छ। समान चार खेलसहित १० अंक रहेपनि म्यानचेष्टर युनाईटेड र चेल्सी गोल अन्तरका आधारमा पहिलो र दोस्रो स्थानमा छन्। 

प्रकाशित मिति: : 2021-09-13 08:56:00

प्रतिकृया दिनुहोस्