अमेरिकाविरुद्ध नेपालले पहिले बलिङ गर्ने

File photo
File photo

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार नेपाल र अमेरिका भिड्दैछन्। ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ। दिवा रात्री खेलमा नेपालले यसअघि पपुवा न्युगिनी (पीएनजी)विरुद्धकै सुरुवाती–११ खेलाउने निर्णय लिएको हो। 

नेपाल, अमेरिका र ओमान सम्मिलित आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रंखला सोमबारबाट सुरु हुँदैछ । पहिलो खेलमा नेपाल र अमेरिका भिड्न लागेका हुन् । खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ। 

नेपाल र अमेरिका दुबै खेल जित्दै सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। नेपालले शृंखलाका चार खेल नै जिते छनोटको सम्भावना रहन्छ। त्यसैले नेपाली टोलीको ध्यान नै अमेरिका र ओमानलाई पराजित गर्दै तालिका सुधार गर्ने हुनेछ। 

यसअघि नेपाली टोलीले लिग–२ को खेल तयारीका लागि पपुवा न्युगिनीसँग दुई मैत्रीपूर्ण श्रृंखला खेलेको थियो। नेपालले दुबै श्रृंखला आफ्नो पक्षमा पारेको थियो। 

लिग–२ को शृंखलामा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी उपलब्ध हुने छैनन्। खुट्टाको चोटका कारण उनले श्रंखला गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। 

विश्वकप लिग–२ अंक तालिका :

नेपालले चार खेलमा दुई जित र दुई हारसहित ४ अंकका साथ छैटौ स्थानमा छ। ओमान १० खेलमा आठ  जित र दुई हारसहित १६ अंकका साथ शीर्ष स्थानमा छ। अमेरिका १२ खेलमा ६ जित र ६ हारसहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ। 

नेपालीको सुरुवाती ११  

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव 
 

प्रकाशित मिति: : 2021-09-13 16:13:00

प्रतिकृया दिनुहोस्