बालबालिकालाई खोप उपलब्ध गराउनु पर्नेमा प्रधानमन्त्री देउवाकाे जाेड

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन प्रयासरत रहेको बताएका छन्।

काेभिडकाे पछिल्लाे लहरमा १८ वर्ष मुनिका बालबालिका अझ जाेखिममा रहेकाे वैज्ञानिकहरूले बताइरहँदा प्रधानमन्त्री देउवाकाे याे भनाइ सार्वजनिक भएकाे हाे।

५७औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले कोभिड-१९ को नकारात्मक प्रभावबाट जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्रयास गर्न आवश्यक रहेको बताए। कोभिड-१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शय्याको व्यवस्था गरिएको उनल उल्लेख गरे।

देउवाले बालबालिकाको अधिकार संरक्षण गर्दै बालमैत्री देश निर्माणका लागि प्रत्येक घरपरिवार बालमैत्री हुन जरुरी रहेको उल्लेख गर्दै समुदाय, सरकार तथा विद्यालय र स्वास्थ्य सेवा पनि बालमैत्री हुन आवश्यक रहेको बताएका छन्।

प्रकाशित मिति: : 2021-09-14 08:08:00

प्रतिकृया दिनुहोस्