थप १५६२ जनामा कोरोना संक्रमण पुष्टि, १९ को मृत्यु

Symbolic photo
Symbolic photo

पछिल्लो २४ घण्टामा १ हजार ५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार ५८९ जना निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ। योसंगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ।

हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७९ हजार ४९२ पुगेको छ भने ७ लाख ४२ हजार ३०६ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ जना रहेका छन्।

प्रकाशित मिति: : 2021-09-14 17:30:00

प्रतिकृया दिनुहोस्