गण्डकीमा २०१ जना कोरोना सङ्क्रमण मुक्त

File photo
File photo

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २०१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। 

यस अवधिमा प्रदेशमा १४१ जना सङ्क्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एक जनाको भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए। 

उनका अनुसार मृत्यु हुनेमा प्रदेशको नवलपरासी पूर्वजिल्लाको गैँडाकोट नगरपालिका वडा नं १७ की ६२ वर्षीय महिला हुन्। निजमा भदौ २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। 

प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३३३ पुगेको छ। प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ६८१ छ भने होम आइसोलेशनमा एक हजार ४४२ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-09-14 20:39:00

प्रतिकृया दिनुहोस्