सरकारले अब घन्टाघर भत्काउँछ, हामी आएर भव्य बनाउँछौं : ओली

एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले भत्काउने काममात्रै गरेको आरोप लगाएका छन्।

बुटवलमा एमाले कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै ओलीले अब घन्टाघर पनि भत्काउन लागेको भन्दै आपत्ति जनाए। घन्टाघर भत्काए पनि बनाउन नसक्ने उनको भनाइ छ।

'हामीले धरहरा बनायौं । रानीपोखरी बनायौँ,' उनले भने, 'अब यिनीहरूले घन्टाघर भत्काएर नयाँ बनाउने रे । यिनीहरूले भत्काउलान् तर बनाउँदैनन् । यिनीहरूले भत्काए भने हामी आएर भव्य घन्टाघर बनाउँछौं । एमालेले बनाउँछ,' उनले भने ।  

प्रकाशित मिति: : 2021-09-15 16:50:00

प्रतिकृया दिनुहोस्