नेपाल बिजुली: खेर जाने अवस्था आएको हो? ''घरमा एकाएक खपत बढ्दैन, उद्योगमा चाहिनेजति बिजुली छैन"

बिबिसी

काठमाडौँ

घरेलु खपतमा नेपालीहरूको मितव्ययी स्वभावदेखि स्थिर बिजुली प्रवाहको अभाव कारण रहेको र उद्योगतर्फ अझै प्रसारण पूर्वाधार आवश्यकता अनुरूपको नहुँदा माग भएका ठाउँमा समेत विद्युत् पुग्न नसकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले बीबीसीलाई बताएका छन्।

खपत नबढे नेपालमा अब वर्षा याममा जुनसुकै समय विद्युत् खेर जाने अवस्था रहेको बताइए पनि 'आशालाग्दो हिसाबले' ग्राहकहरूले ऊर्जा उपभोग गर्न नसकेको पाइएको ऊर्जा अधिकारीहरूको भनाइ छ।

"अहिले सरकारी नीतिले धेरै खपत गर्नेलाई केही सस्तो गर्ने र २० युनिटभन्दा कम खर्च गर्नेलाई छुट दिने कुरा गरेको छ। त्यसैगरी डीप ट्यूबवेल र श्यालो ट्यूबवेलको प्रयोगमा पनि छुटको कुरा गरिएको छ," भेटवालले भने।

"त्यसबाहेक विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने र भान्छामा एलपीजी ग्यासलाई (बिजुलीबाट चल्ने चुलोले) विस्थापित गर्ने गरी नीति अगाडि बढाइएको छ।"

प्रकाशित मिति: : 2021-09-17 06:55:00

प्रतिकृया दिनुहोस्