युइएफए युरोपा लिग: बराबरीमा राेकिए लेष्टर र नापोली

युइएफए युरोपा लिगअन्तर्गत इग्ल्याण्डको लेष्टर सिटी र इटालीको नापोली क्लबले बराबर खेल्दै अंक बाँडेका छन्। बिहीबार राति लेष्टरको मैदानमा भएको समूह सी को खेलमा लेष्टर र नापोलीले २–२ गोलको बराबरी खेलेका हुन्।

खेलमा घरेलु टोली लेष्टरले अग्रता बनायो।  उसका अयोज पेरेजले खेलको ९ मिनेटमा बार्नेसको पास सदुपयोग गर्दै गोल गरे। खेलको ६४ मिनेटमा पुनः लेष्टरले २–० को अग्रता बनायो। हार्भे बार्नेसले केलेचीको पासमा उत्कृष्ट गोल गरे।

२–० गोल अन्तरले पछि पारेको नापोलीलाई भिक्टोर ओसिम्हेनले हारबाट टारे। भिक्टोरले खेलको ६९ र ८७ मिनेटमा गोल गर्दै २–२ को बराबरी गर्न सफल भए।

यस्तै समूह सीको अर्काे खेलमा पोल्याण्डको लेगिया वार्सजवाले रसियाको स्पार्टक मस्कोलाई १–० गोल अन्तरले पराजित गर्दै शीर्षस्थानमा कब्जा जमायो।

समूह सी बाट ३ अंकसहित लेगिया शीर्षस्थानमा छ। यस्तै समान १ अंक रहेका नापोली र लेष्टर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने मस्को पुछारमा छ। 

प्रकाशित मिति: : 2021-09-17 07:19:00

प्रतिकृया दिनुहोस्