थप ४४ लाख खोप ल्याउन बेइजिङ पुग्याे नेपाली विमान

Photo : Bijay Lama
Photo : Bijay Lama

सरकारले खरीद गरेको कोभिड १९ विरुद्धको भेरोसेल खोप काठमाडौं आउँदैछ।

स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले ४४ लाख मात्रा खोप चीनबाट आउन लागेको जानकारी दिए।

खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान बिहीबार राती बेइजिङ उडेको थियो।

खोप आएलगत्तै तुरुन्तै लाउन सुरु गरिने डाक्टर दाहालले बताए। 'हामी तयार छौं। निश्चित उमेर समूहलाई लगाउँछौं,' उनले भने।

हालसम्म ५० वर्षउमेर समूहलाई कभर गरिसकेको भन्दै उनले त्यो भन्दा तलको उमेरमा कतिसम्म कभर गर्न सकिन्छ हेरेर खोप लगाउन सुरु गरिने बताए। हिमाली १० जिल्लालाई पूर्ण रुपमा समेट्ने योजना रहेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2021-09-17 07:24:00

प्रतिकृया दिनुहोस्