प्रदेश नं १ मा ३१५ जनामा कोरोना सङ्क्रमण

Symbolic photo
Symbolic photo

पछिल्लो २४ घण्टामा  प्रदेश नं १ मा ३१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

कूल ८५७ जनाको पीसीआर परीक्षण गर्दा १९८ र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०० मध्ये विराटनगरमा ५७, सुनसरीमा ६४, झापामा १७, धनकुटामा नौ, भोजपुर र तेहृथुममा दुईदुई, संखुवासभामा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो। 

प्रदेशमा आजै ३८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुनेमा १९६ महिला र १८४ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन महिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-09-17 19:34:00

प्रतिकृया दिनुहोस्