बाँकेका सिडियोलाई डोल्पाली युवाको ज्ञापनपत्र

बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी सिबराम गेलाललाई डोल्पाका युवाले ज्ञापनपत्र बुझाएका छन्। 

निजि विमान सेवा प्रदायक कम्पनीहरुले नेपालगञ्ज–डोल्पाको हवाई भाडा चर्को उठाउँदै आएकाले भाडा समायोजनको माग गर्दै युवाले ज्ञापनपत्र बुझाएका हुन्। 

शुक्रबार विद्यार्थी नेता रेखामान बुढाको नेतृत्वमा गएका डोल्पाली युवाको समुहले जिल्ला प्रशासन कार्यालय बाँकेमै पुगेर ज्ञापनपत्र बुझाएका हुन्।

दुर्गमका नागरिकको बाध्यात्मक अवस्थाको फाईदा उठाउँदै एयरलाइन्सहरुले चर्को भाडा उठाइरहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

यस अघि डोल्पा–नेपालगञ्ज र नेपालगञ्ज–डोल्पाको भाडा पाँच हजार तीन सय मात्रै भए पनि दोस्रो चरणको कोरोना कहरपछि आन्तरिक उडान खुलेसँगै विना सुचना आठ हजार पाँच सय पुर्याइएको युवाको गुनासो छ। 

बढाएको भाडा डोल्पाली नागरिकले तिर्न नसक्ने भएकाले तुरुन्त भाडा घटाएर पुरानै भाडा कायम गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ। 

ज्ञापनपत्र बुझ्दै प्रजिअ गेलालले भाडा घटाउन आफू सकारात्मक रहेकाले एक हप्ताभित्रै पहल गर्ने आश्वासन दिएको युवाको भनाइ छ। 

      
 

प्रकाशित मिति: : 2021-09-17 20:26:00

प्रतिकृया दिनुहोस्