नेपालले अमेरिकालाई जितका लागि १७५ रनको लक्ष्य दियो

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले अमेरिकालाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनको योगफल बनायो। 

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय इनिङ्स खेले। उनले १०५ बलमा ३ चौका प्रहार गरे। कप्तान मल्ल एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडीसमेत बनेका छन्। 

ज्ञानेन्द्रले १५ खेलमा ३ अर्धशतकसहित कूल एक हजार ३६६ रन बनाएका छन् । ज्ञानेन्द्र अघि पूर्वकप्तान पारस खड्काले १० खेलमा एक हजार ३१५ रन बनाएका थिए। 

मल्लले ३६६ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन्। ओपनर कुशल भुर्तेलले ३६ रन जोड्दा डेब्यु खेलाडी गुलशन झाले २८ रन बनाए। त्यस्तै करण केसीले १२, विनोद भण्डारीले १० तथा रोहित पौडेल र सोमपाल कामी दुई÷दुई रनमा आउट भए। 

ओपनर आसिफ शेख पनि ३ रनमा आउट भए । सन्दीप लामिछाने ११ रनमा आउट हुँदा सुशन भारीले अविजित २ रन जोडे। 

अमेरिकाका कप्तान सौरभ नेत्राभाल्करले ४ विकेट लिए भने केली फिलिपले ३ विकेट लिए। त्यस्तै करिमा गोर, एल्मोर हुचिन्सन, नास्टुश केनिजेगेले एकएक विकेट लिए। 

नेपालले यसअघि सोमबार भएको पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित हुन पुगेको थियो। 

प्रकाशित मिति: : 2021-09-17 21:00:00

प्रतिकृया दिनुहोस्