चितवनमा भारतीय नागरिकको मृत्यु

Symbolic photo
Symbolic photo

चितवनमा होर्डिङ बोर्ड राख्ने क्रममा खसेर एक पुरुषको आज मृत्यु भएको छ। 

चितवनको इच्छाकामना–४ कुरिनटारमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर ठेगाना नखुलेका अन्दाजी २५÷२६ वर्षको  भारतीय नागारिक रोहित गिरिको मृत्यु भएको हो। 

हाइलाइफ ब्राण्डको कुरुम–कुरुम चिउराको होर्डिङबोर्ड राख्ने क्रममा खसेर घाइते भएका उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। रासस 

प्रकाशित मिति: : 2021-09-18 21:19:00

प्रतिकृया दिनुहोस्