संविधान दिवसको अवसरमा 'प्रचण्ड' पत्नीसहित ९०३ विभूषित (सूचीसहित)

File Photo
File Photo

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन्।

विभूषण, अलङ्कार र पदक पाउनेहरूमा कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालसम्म छन्। 

सबैभन्दा ठूलो विभूषण नेपाल रत्न पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रदान गरिने भएको छ। दोस्रो ठूलो राष्ट्र गौरव विभूषण मन्त्रिपरिषदका पूर्वअध्यक्ष  सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दिइने भएको छ।

यस्तै महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा, मोहनचन्द्र अधिकारी, तुलसीलाल अमात्य, मंगलादेवी सिंह, दुर्गानन्द झा र नारायण गोपाललाई दिने निर्णय सरकारले गरेको हो। 

सुप्रसिद्ध प्रबल जनसेवा श्री विभूषण प्रदीप नेपाल, पोष्टबहादुर बोगटी, मार्शल जुलुम शाक्य र पीएल सिंहलाई तथा उज्जवल कीर्तिमय राष्ट्रद्वीप न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई दिने निर्णय सरकारले गरेको छ। त्यस्तै सीता दाहाललाई राजनीतिक अभियन्ता भनेर प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ।

राष्ट्रपति भण्डारीले नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई, सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ।

संविधान दिवसको दिन विभूषण, अलंकार र पदकबाट विभूषित हुनेहरू– 

प्रकाशित मिति: : 2021-09-19 08:44:00

प्रतिकृया दिनुहोस्