सोसल मिडियामा भाइरल हुँदै सेलाउने प्रवृत्ति

सेतोपाटी

अस्मिता रिजाल

केही हप्ताअघि फेसबुक र इन्स्टाग्रामभरि छोरीमैया महर्जनको कथाले अग्रस्थान पायो। प्राय: जसो युवायुवतीले यस कथाबारे खोजीनीति, प्रश्न प्रतिप्रश्न गरें। छोरीमैया महर्जनको खोजी, उनी र उनको परिवारप्रति न्यायको लागि राम्रै संख्याको प्रयोगकर्ताले आ-आफ्नो ठाउँबाट आवाज उठाएका थिए।
जसरी अप्रत्यासित रूपमा यो घटनाले चर्चा बटुलेको थियो।

त्यही अनुरूप अहिले यो घटना सेलाएको छ। तर दु:खको कुरा के हो भने, करिब एक दशकपछि फेरि ब्युँतिएको यो विषय कुनै खास निचोडमा भने पुग्न सकेन।

१६ फागुन २०६८ मा हराएकी छोरीमैया कहाँ छिन्, यो कसैलाई पनि थाहा छैन। 'हाइ प्रोफाइल ' मानिएको यो केश जसरी एक्कासि १० वर्षपछि सन्जालका भित्ताभरि रंगियो, त्यसैगरी अहिले विलिन हुँदै गएको छ। यतिका वर्षपछि चर्चामा आएको यो केस खास निचोडमा पुग्न चाहिँ सकेन। यसरी यतिका वर्षपछि संजाल तताएको यो घटनाले केही युट्युब च्यानल र सामाजिक सञ्जालका अकाउण्टलाई कन्टेन्ट र परिवारको घाउमाथि नुन छर्नुबाहेक केही उपलब्धि हासिल भने गर्न सकेन।

प्रकाशित मिति: : 2021-09-19 11:55:00

प्रतिकृया दिनुहोस्