नेयमार र इकार्डीको गोलमा पेरिसको शतप्रतिशत जित

Photo: AP/Francois Mori
Photo: AP/Francois Mori

फ्रान्सको फ्रेन्च लिगा वानमा पेरिस सेण्ड जर्मेन (पेएसजी)ले शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा पेरिसले ओलम्पिक लियोनलाई प्रतिस्पर्धात्मक खेलमा २–१ गोल अन्तरले पराजित गर्दै शत प्रतिशत जितलाई निरन्तरता दिएको हो। 

लगातार छैठाैं जित निकाल्ने क्रममा पेरिसका लागि नेयमार र माउरो इकार्डीले एक/ एक गोल गरे। पराजित लियोनको लागि लुकास पाक्वेटाले गोल गरे। खेलमा अग्रता भने लियोनले लिएको थियो। दोस्रो हाफको ५४ मिनेटमा लुकासले भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। 

६६ मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पेरिसलाई बराबरीमा ल्याए। ८२ मिनेटमा मैदान प्रवेश गरेको माउरो इकार्डीले ९० मिनेटपछि थपिएको ३ मिनेटमा गोल गर्दै पेरिसलाई महत्वपूर्ण ३ अंक दिलाए। 

यसै सिजन क्लबमा अनुबन्धन भएका मेसी यस खेलमा समेत गोल बिहिन रहे। सुरुवाती एघारबाट सुरुवात गरेका मेस्सी ७६ मिनेटमा मैदान बाहिरिएका थिए। 

जितसँगै पेरिसले शीर्षस्थानमा ५ अंकको अग्रता बनाएका] छ। ६ खेलमै जित निकालेको उसको १८ अंक छ। पराजित लियोन भने ६ खेलबाट ८ अंकसहित नवौं स्थानमा छ।  

प्रकाशित मिति: : 2021-09-20 08:41:00

प्रतिकृया दिनुहोस्