श्रीमान्‌को हत्या गर्न ६० हजारको सुपारी , श्रीमती पक्राउ

न्युज कारखाना
न्युज कारखाना

सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षीय दुखरण महराको हत्या घटनाको मुख्य योजनाकारको आरोपमा उनकी श्रीमती हरिहरदेवी महरा पक्राउ परेकी छन्।

भारत विहारको मधुवनीको जयनगर बजार नजिकै दुखरणको शव फेला परेको थियो। उनको हत्याको योजनाकारको रूपमा हरिहरदेवी पक्राउ परेकी हुन्। श्रीमान् दुखरणलाई उपचारको बाहनामा जयनगर पुर्‍याएर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए।

उनकाअनुसार श्रीमानको हत्याका लागि हरहरदेवीले यादवको समूहलाई ६० हजार रुपैयाँ दिएकी थिइन्। गत १९ भदौमा दुखरणको शव फेला परेको थियो। धारिलो हतियारको प्रयोग गरेर दुखरणको हत्या भएको थियो। उनको शव  घाँटीसहित शरीरका विभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला परेको थियो। 

प्रकाशित मिति: : 2021-09-21 11:20:00

प्रतिकृया दिनुहोस्