को महानायक को महानायिका ? कलाकारलाई उपाधि नै चाहिन्छ त ?

पहिलोपोष्ट

काठमाडाैं

नेपाली फिल्म उद्योगमा नायक नायिकाहरुलाई दिइने उपाधिबारे बेला बेला चर्चा चल्ने गर्छ। कलाकारहरुलाई 'महानायक, महानायिका, मेघास्टार, एक्सन किंङ' जस्ता उपमा दिइन्छ। विभिन्न संस्थाले अभिनेता राजेश हमाललाई महानायक र करिश्मा मानन्धरलाई महानायिकाको उपाधि दिइसकेका छन्। कसैले भने राजेश र करिश्मालाई नभइ भुवन केसी र गौरी मल्ललाई त्यो उपाधि दिन्छन्।

तर, के उनीहरु साँच्चै महानायक र महानायिका हुन् त भन्ने प्रश्न भने सधैँ खडा हुन्छ। भुवनका छोरा अनमोल केसीलाई दिइएको 'मेघास्टार' को ट्याग पनि विवाद रहित हुन सकेन। बहसको विषय बन्छ फिल्म क्षेत्रभित्र नै। कलाकारलाई दिइने उपाधिबारे कलाकारहरुबिच नै फरक मत छ। केही मिडियाले पनि लहलहैमा नायक नायिकाहरुलाई उपाधी दिइरहेका हुन्छन्। कलाकारहरु एकअर्कालाई मनमानी रुपमा उपमा भिडाइदिन्छन्। र, उपमा पाउनेहरु पनि रमाउँछन्।

ठ्याक्कै माथि उल्लेख गरेजस्तै दृश्य देखियो शोभित बस्नेत निर्देशित 'डाँडाको वरपिपल' एक कार्यक्रममा। आइतबार भएको कार्यक्रममा शोभितले अभिनेता भुवन केसीलाई नेपालको एकमात्र महानायक भनि सम्बोधन गरे।

शोभितले आफूलाई 'महानायक' भनेर सम्बोधन गर्दै गर्दा भुवन पनि खुसी देखिए। पछि शोभितको अभिव्यक्ती सुनेपछि निर्देशक अशोक शर्माले 'तिमी पनि महानायकको विवादमा फस्लाउ है' भन्दै सचेत गराए। केही समयअघि दिपाश्री निरौलाले राजेश हमाललाई दिइएको महानायक उपाधिको मापदण्डमाथि प्रश्न उठाएकी थिइन्। उक्त अभिव्यक्तिपछि उनको निकै आलोचान भयो। दीपाले माफी समेत माग्नु पर्‍यो।

प्रकाशित मिति: : 2021-09-21 12:31:00

प्रतिकृया दिनुहोस्